२२ जेठ २०८३, शुक्रबार

सुक्ष्म निगरानी समूह गठन गर्दै अख्तियार

माघ २८, २०७५
सुक्ष्म निगरानी समूह गठन गर्दै अख्तियार

काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सरकारी कार्यालयको निगरानीका लागि सुक्ष्म निगरानी समूह गठन गर्ने तयारी भइरहेको बताएका छन् । 

निगरानी समूहका सदस्यहरू विभिन्न कार्यालयमा सेवाग्राही भई अनुगमनमा जाने छन् । आयोगले खटाएका व्यक्ति सेवाग्राही भएर जानेछन् । कुनै गल्ती भएमा कारबाहीका लागि सिफारिस हुनेछ । 
प्रमुख आयुक्त घिमिरेले ‘र्यापिड अपरेशन टास्क फोर्स’ नाम दिएर सुक्ष्म निगरानी समूह गठन गर्ने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘‘अब कार्यालयहरूमा सुक्ष्म निगरानी समूह गठन गर्छौँ । त्यसलाई ¥यापिड अपरेशन टास्क फोर्स’ भनेर नाम दिइएको छ । त्यसको कार्यविधि आयोगले स्वीकृत गरिसकेको छ । अब हामी टिम बनाएर सेवाग्राही नै भएर सम्बन्धित कार्यालयमा जान्छौं ।’’
समूहले कुनै कमी कमजोरी फेला पारेमा कारबाहीका लागि सिफारिस गर्नेछ । कमजोरी भएको नदेखिएमा सम्बन्धित कार्यालयका प्रमुख, विभागीय प्रमुख वा सचिवलाई बोलाएर आयोगले कार्यालयको अबस्थाबारे जानकारी दिनेछ ।  गोरखापत्र दैनिकमा यसबारे खबर छापिएको छ । गोरखापत्रमा नै घिमिरेको अन्तर्वार्ता पनि छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्