
काठमाडौं- काठमाडौंको सिनामंगल, कार्गोगेट नजिक सोमबार बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बिहान ५ः३० बजेको समयमा कोटेश्वरबाट एयरपोर्टतर्फ जाँदै गरेको बा.३ ख. ७०५७ नम्बरको बसले ठक्करदिँदा सोलुखुम्बुको बाँसा न.पा. ९ घर भई काठमाडौं गैरीगाँउ बस्ने वर्ष ४९ का पदम कार्कीएको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका कार्कीको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारको क्रममा बिहान ६ः३० बजे मृत्यु भएको महानगरीय प्रहरी बृत्त गौशालाले जनाएको छ । बस महानगरीय प्रहरी बृत गौशालाको नियन्त्रमा रहेको र बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।