०४ असार २०८३, बिहीबार

भारतीय एसएसबीबाट मारिएका गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, ११ तोपको सलामी

कात्तिक २०, २०७४
भारतीय एसएसबीबाट मारिएका गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, ११ तोपको सलामी
काठमाडौं, २८ फागुन– भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली प्रहारबाट मारिएका कञ्चनपुरका गोविन्द गौतमलाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।  कञ्चनपुरका गोविन्द गौतमको आइतवार अन्तेष्टि गरिने भएको हो ।

विहीबार कञ्चनपुर पुनर्वासा नगरपालिकाको आनन्दबजारमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर गौतमको मृत्यु भएको थियो । उनलाई शहीद घोषणा गर्न चौतर्फी माग भएसँगै सरकारले शुक्रबार शहिद घोषणा गरेको थियो ।

सरकारबाट शहीद घोषित गौतमलाई ११ तोपको सलामीका साथ शोक धुन बजाउने निर्णय भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले लोकान्तरलाई जानकारी दिए ।

खनालको शव यात्रा भोलि विहान ८ वजे हुनेछ । शवयात्र शहरका विभिन्न स्थानको परिक्रमा गर्दै दोधारा नदीमा पुगेसँगै गोतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्