२२ जेठ २०८३, शुक्रबार

ऊर्जाको पहुँच विस्तारका लागि परिसंघ र महासंघबीच समझदारी

ऊर्जाको पहुँच विस्तारका लागि परिसंघ र महासंघबीच समझदारी

काठमाडौं – नेपाल नवीकरणीय ऊर्जा परिसंघ र गाउँपालिका राष्ट्रिय महासंघबीच सहयोग र सहकार्यका लागि सोमवार समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

परिसंघका तर्फबाट अध्यक्ष गुणराज ढकाल र महासंघका तर्फबाट अध्यक्ष होमनारायण श्रेष्ठले हस्ताक्षर गरेको समझदारीपत्र अनुसार ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको पहुँच विस्तारमा जोड दिइने उल्लेख छ । 

ग्रामीण तथा बजार क्षेत्रमा ऊर्जाको विस्तार, ऊर्जामा आधारित लघु उद्योग स्थापना र साना पूर्वाधार निर्माणको माध्यमबाट ग्रामीण क्षेत्रको अभाव कम गर्न दीर्घकालीन कार्यक्रमका लागि समेत साझेदार बन्न सक्ने बताइएको छ । 

नेपालभरका गाउँपालिकामा नवीकरणीय ऊर्जाका प्रविधिको विकास तथा विस्तार गरी ग्रामीण जनतामा आधुनिक ऊर्जाको पहुँच पुर्याई गरीबी निवारण गर्ने गतिविधिमा टेवा पुर्याउन २ निकायबीचको संस्थागत सहकार्य गर्नका लागि मार्गप्रशस्त गर्नेछ । 

राष्ट्रिय प्रशारणको विद्युत् सुविधा पुग्न नसकेका ग्रामीण क्षेत्रका महासंघसँगको सहकार्यमा लघु तथा साना जलविद्युत्, सौर्य ऊर्जा, वायोग्यास, जैविक ऊर्जा, वायु ऊर्जाजस्ता नवीकरणीय ऊर्जाका स्रोतहरूको विकास गरी विपन्न जनतामा आधुनिक ऊर्जाको भरपर्दो सेवा विस्तार गर्न सकिने परिसंघका अध्यक्ष ढकालले बताए ।

परिसंघले संघीय, प्रादेशिक सरकार लगायतका सम्बन्धित निकायमा नवीकरणीय ऊर्जा प्रवद्र्धन र विकास सम्बन्धमा नीति निर्माण, कार्यक्रम र आयोजनाहरु तर्जुमा गर्दा र सामुदायिक संस्था, निजी क्षेत्र र गैरसरकारी संस्थाहरुसँग साझेदारी गरी ऊर्जाको सुलभ र भरपर्दो उपलब्धताका साथै ऊर्जाको माध्यमबाट आयआर्जन गर्न गराउन वकालत गर्दै उपयुक्तरुपमा प्रभावकारी भूमिका निर्वाह गर्ने उल्लेख गरे । 

salt training

कमेन्ट गर्नुहोस्