३१ जेठ २०८३, आइतबार

नेपाली सेनाद्वारा रातो कार्पेटमा पनि भ्रष्टाचार

माघ २९, २०७५
नेपाली सेनाद्वारा रातो कार्पेटमा पनि भ्रष्टाचार

काठमाडौं– १८ औं सार्क सम्मेलनमा आउने भीआईपीहरुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रातो कार्पेट ओछ्याउने जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो । 

भीआईपीका लागि ५ हजार ९ सय ८८ वर्गफिटमात्रै कार्पेट प्रयोग भएको थियो । तर सेनाले ७ हजार २५ बर्गफिट कार्पेट गरिद गरेको विवरण पेस गरेको थियो । 

यसबाट राज्यलाई ४ लाख व्ययभार गरेको थियो । 

रातो कार्पेटको नाममा अनियमितता भएको विषय महालेखापरीक्षकको प्रतिवेदनमा नै उल्लेख थियो । 

सार्क सम्मेलन तयारी शीर्षकमा सरकारले सेनालाई एकमुष्ट १३ करोड ८६ लाख बजेट दिएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।   

पत्रिकाले सेनाद्वारा बिनाप्रतिस्पर्धा डेढ अर्बको हेलिकप्टर र तीन अर्बको जहाज खरिद गरिएको समाचार महत्वका साथ छापेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्