१९ असार २०८३, शुक्रबार

भारतीय गाडीमा आगजनी, विप्लवमाथि शंका

कात्तिक २०, २०७४
भारतीय गाडीमा आगजनी,  विप्लवमाथि  शंका


चितवन, २८ फागुन - भरतपुर उपमहानगरपालिकाको विकास चोकमा आज एक भारतीय गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

दिउँसो युपी ५३ डिपी ००३० नम्बरको ग्यारेजमा राखिएको गाडी बाहिर निकाल्न लगाई पेट्रोल छर्केर आगजनी गरेको प्रहरीले जनाएको छ ।

चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले चारजनाको समूहमा आएका व्यक्तिले आगजनी गरेको जानकारी दिनुभयो ।

मैदा लिएर आएको सो गाडी सामान झारी मर्मतका लागि ग्यारेजमा राखिएको थियो । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले एक साता भारतीय गाडी चल्न नदिने अभियानअन्तर्गत आगजनी गरेको हुनसक्ने उहाँले बताउनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्