१४ असार २०८३, आइतबार

भ्यालेन्टाइन डेको उपलक्ष्यमा सोमस्र्वीद्वारा ‘ह्यान्ड हर्ट’को अवधारणा प्रस्तुत गर्दै

भ्यालेन्टाइन डेको उपलक्ष्यमा सोमस्र्वीद्वारा ‘ह्यान्ड हर्ट’को अवधारणा प्रस्तुत गर्दै

काठमाडौं – भ्यालेन्टाइन डे जोडीको लागि एक विशेष दिन हो । जुन दिन उनीहरू एकअर्कामा प्रेमभाव साटासाट गरी आफ्नो मनका कुराहरू व्यक्त गर्छन् ।

यो दिनलाई संसारभर प्रेम उत्सवको रुपमा मनाइन्छ र नेपाल पनि यसबाट अछुतो रहन सकेन । मुलभूत रुपमा पहिला यो नेपालमा नमनाइएतापनि विगत केही वर्षदेखि गहिरो रुपमा बढ्दै गएको आधुनिकीकरण तथा पश्चिमेली शैलीको प्रभावले प्रणय दिवस आजकल नेपालमा पनि प्रेम जोडीहरूबीच निकै प्रख्यात हुँदै आइरहेको छ ।

फेब्रुअरी महिनाको शुरूदेखि नै विभिन्न कार्यक्रम गरी प्रेम दिवस मनाउने चलन चल्दै आएको छ ।  फेब्रुअरी १४ गते मनाउने प्रेम दिवस अगाडि नै रोज डे, चकलेट डे, हग डे, टेडी डेजस्ता प्रेम अभिव्यक्त गर्ने विभिन्न दिनहरू नेपाली युवामाझ पनि लोकप्रिय हुँदै आएको छ ।

यसपालि सोमस्र्वी प्रणय दिवस उत्सव मनाउन युवाहरूमाझ लोकप्रिय स्वप्न सुमन र ज्योत्सना योगीका साथ प्रस्तुत भएका छन् । यस पटक सोमस्र्वीले ‘ह्यान्ड हर्ट’लाई प्रेमको प्रतिकका रुपमा प्रस्तुत गरेको छ । ‘ह्यान्ड हर्ट’ कुनै पनि शब्दको प्रयोग विना हातको औंलाहरू प्रयोग गरी प्रेम अभिव्यक्ति गर्ने माध्यम हो । यसमा औलाबाट कलात्मक रुपमा हर्ट अर्थात् मुटु आकार बनाइन्छ ।

स्वप्न र ज्योत्सनाले आफ्ना औला प्रयोग गरी बनाएको हर्ट आकारयुक्त सोमस्र्वी क्याम्पेन युवा पुस्तामाझ लोकप्रिय हुनेछ भन्ने आशा गरेको छ ।

नयाँ पुस्ताका स्टारहरूजस्तै ग्यालोर, जस्टिन विवर, टेलर स्वीफ्ट, लेडी गागा, सेलेनागोमेज, डेमीलोभाटो, ब्लेक लाइभ्ली र फुटबलर्स हजार्ड, एग्लो रोशी तथा अरु धेरैले ‘ह्यान्ड हर्ट’को प्रदर्शनले दर्शकलाई आकर्षित गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्