
काठमाडौं- विगत ७ वर्षदेखि प्रेममा रहेका अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउतले इन्गेजमेन्ट गरेका छन् ।
सोमबार साँझ दुई परिवारका सदस्यहरुको उपस्थितीमा संजोग र वर्षाले टिकाटालो गर्दै एकअर्कालाई औंठी लगाएका हुन् । यो जोडीले फागुन २ गते प्रेम दिवसको अवसर पारेर विवाह गर्दैछ । केही हप्ता अगाडि यो जोडीले फरक शैलीमा निमन्त्रणा कार्डमार्फत विवाहको जानकारी गराएका थिए । संजोग र वर्षाले इन्गेजमेन्टको तस्वीर फेसबुकमा सार्वजनिक गर्दै एउटै वाक्य लेखेका छन् –‘हरेक कहानी निकै सुन्दर हुन्छ तर हाम्रो उत्कृष्ट छ ।’
उनिहरुले आफूहरुको संयुक्त नाम मिलाएर एउटै जुराएका छन् । दुईले संयुक्त नाम ‘सन्सा’ राखेका छन् ।
वर्षा एकपछि अर्को चलचित्रमा व्यस्त छिन् । यता संजोग आधा दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् ।
