१४ असार २०८३, आइतबार

चैत्र २ गते कर्णालीका कारागारमा पुस्तकालय स्थापना हुने

माघ २९, २०७५
चैत्र २ गते कर्णालीका कारागारमा पुस्तकालय स्थापना हुने

सुर्खेत – आगामी चैत्र २ गते शनिवारका दिन कर्णाली प्रदेशका १० वटै जिल्ला कारागारमा पुस्तकालय स्थापना हुने भएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी महेशविक्रम शाहको संयोजकत्वमा सञ्चालन भएको अभियानले फागुन १२ गते पुस्तकालय स्थापना गर्ने भनिएपनि पुस्तक संकलन तथा पुस्तकालय निर्माणका कारण तोकिएको समयभन्दा केही ढिला आगामी चैत्र २ गते शनिवारलाई सारिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी तथा कारागारलाई किताब अभियानका संयोजक महेशविक्रम शाहले जानकारी दिए ।

कर्णालीका १० वटै जिल्लामा एकैसाथ स्थापना हुन लागेको कारागारलाई किताब अभियानका अभियन्ताहरूले करीब ५ हजारको हाराहारीमा पुस्तक संकलनको अपेक्षा गरेपनि लक्ष्य पूरा भइसकेको डीआईजी शाहले बताए ।

‘हामीहरूले प्रदेशका १० वटै जिल्ला कारागारका लागि करीब ५ हजार पुस्तकसम्म संकलनको अपेक्षा गरेका थियौं । तर हामीले यो टार्गेट पूरा गरिसकेको छौं,’ उनले भने । सुर्खेतमा मात्रै सोमवारसम्म करीब ३ हजार पुस्तक संकलन भइसकेको जानकारी शाहले दिए । प्रत्येक जिल्लाबाट तथ्यांक आउन बाँकी छ । तर पनि ५ सयभन्दा बढी पुस्तक जिल्लागत रुपमा संकलन भइसकेका छन् ।

कारागारलाई पुस्तक अभियानमा विभिन्न फाउन्डेसन, संघसंस्था तथा गाउँपालिका र नगरपालिकाले पनि सहयोग गर्दै आएका छन् । विभिन्न बैंकले समेत अभियानलाई सहयोग गरेको डीआईजी शाहले जानकारी दिए । कारागारलाई किताब अभियानले आगामी चैत्र २ गते आयोजना गरिने कार्यक्रममा ५ हजार मूल्यभन्दा माथिको पुस्तक सहयोग गर्ने संघसंस्था तथा व्यक्तिलाई प्रशंसापत्र, २५ हजारभन्दा माथिको सहयोग गर्ने संघसंस्थालाई सम्मानपत्र तथा १ लाखभन्दा माथिको पुस्तक सहयोग गर्ने संघसंस्था तथा व्यक्तिलाई विशेष सम्मान तथा प्रमाणपत्र वितरण  गरिने जानकारी मूल समितिका उपसंयोजक सुशीला श्रेष्ठले जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्