१२ असार २०८३, शुक्रबार

निजी आवास पुनःनिर्माण ८० प्रतिशत सकियो

माघ २९, २०७५
निजी आवास पुनःनिर्माण ८० प्रतिशत सकियो

दोलला– दोलखामा ८० प्रतिशत निजी आवासको पुनर्निर्माण भएको छ । भूकम्पले भत्केका घरहरुको निजी आवासतर्फ तीन वर्षमा ८० प्रतिशत प्रगति भएको र बाँकी २० प्रतिशत पनि छिटै सम्पन्न हुने बताइएको छ । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ दोलखाका अनुसार माघ तेस्रो सातासम्म ४५ हजार २६७ निजी आवास निर्माण पूरा गरी तेस्रो किस्ता अनुदानसमेत लिइसकेका छन् । जग हालेर ५२ हजार ७७२ जनाले दोस्रो किस्ता लिएका छन् । 

जिल्ला कार्यान्वयन एकाइ दोलखाका अनुसार ६४ हजार ५९१ जनाले पहिलो किस्ता लिएका छन् । त्यसैगरी भूकम्प प्रतिरोधी घर बनाउन पहिलो किस्ता प्राप्त गर्ने ९०, दोस्रो किस्ता प्राप्त गर्ने ६९ र तेस्रो किस्ता प्राप्त गर्ने ६८ प्रतिशत रहेका छन् । 

दोलखामा जम्मा लाभग्राही सङ्ख्या ७१ हजार ८४६ जनामध्ये सर्वेक्षणबाट पहिचान भएका लाभग्राही ५१ हजार ९४० जना छन् । गुनासोपछि थप भएका लाभग्राही १७ हजार ६६८ र प्रबलीकरणमा परेका लाभग्राही दुई हजार २३८ रहेका छन् । 

कमेन्ट गर्नुहोस्