
काठमाडौं–सरकारले निर्धारित गरेको समयसीमाभित्र कर्मचारी समायोजन नटुंगिने भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन ३ गतेभित्र समायोजन सकिने भनेको थियो । समायोजनमा भएको ढिलाइले सो अवधिभित्र समायोजन कार्य नटुंगिने अवस्था आएको हो ।
मन्त्रालयका अनुसार कर्मचारीको वैयक्तिक विवरण नमिलेका कारण समायोजनमा ढिलाइ भइरहेको छ । प्रशासन सेवाका शाखा अधिकृतहरूको गत आइतबार नै समायोजनको टुंगो लाग्ने बताइए पनि भरेका फाराममा विवरण नमिलेका कारण कठिनाइ भएको मन्त्रालयले जनाएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।