
काठमाडौं — भारतको अजमेरमा शल्यक्रियाको अनौठो घटना सार्वजनिक भएको छ । ब्रेन ट्युमरको शल्यक्रियाका बेलामा रोगीले आरामसित कुरान पढिरहे । प्राइभेट अस्पतालमा गरिएको सर्जरी गरिएको हो ।
अब्दुल नामक व्यक्तिलाई ब्रेन ट्युमर थियो । त्यसपछि चिकित्सकहरूले उसलाई सर्जरी गराउने सल्लाह दिए । सर्जरीको बेलामा उनलाई बेहोश पारिएन ।
चिकित्सकहरूले अब्दुलको सर्जरी सफल भएको बताएका छन् । तर सर्जरीको बेलामा रोगीले धर्मग्रन्थ पढेको यो पहिलो घटना हैन ।
यसअघि जयपुरको नारायण अस्पतालमा तीन घन्टा चलेको शल्यक्रियामा रोगीले हनुमान चालीसा पढेको खबर आएको थियो ।
धार्मिक आस्था भएका व्यक्तिले कठिन समयमा धार्मिक पाठ गर्दा आत्मबल पाउने मान्यता राख्छन् ।
अब्दुल अहिले अस्पतालबाट छुटिसकेका छन् ।
एजेन्सी