०९ असार २०८३, मंगलबार

नाइजेरियाका राष्ट्रपतिले सम्बोधन गरेको भेलामा भागदौड हुँदा मारिए सातजना

नाइजेरियाका राष्ट्रपतिले सम्बोधन गरेको भेलामा भागदौड हुँदा मारिए सातजना

काठमाडौं — नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीको निर्वाचन –यालीमा भागदौड हुँदा कम्तीमा सातजना मारिएको स्थानीय अधिकारीहरूले बताएका छन् । 

यो घटना दक्षिणी शहर पोर्ट हार्कोर्टस्थित एक रंगशालामा भएको हो । राष्ट्रपतिको भाषण सकिएपछि भीड एक ढोकातिर ओइरिँदा घटना भएको हो । 

नाइजेरियामा शनिवार निर्वाचन हुन गइरहेको छ । बुहारी दोस्रो कार्यकालका लागि लडिरहेका छन् । 

पूर्व उपराष्ट्रपति अकितु अबुबाकरलाई बुहारीको प्रमुख प्रतिद्वन्द्वी मानिएको छ । 

बुहारी रंगशालाबाट गएपछि भीड आंशिक रूपमा ताल्चा लगाइएको गेटतिर जाँदै गर्दा मानिसहरूले लडे र कुल्चिइए । 

बुहारीको कार्यालयले उनलाई घटनाको जानकारी गराइएको जानकारी दिएको छ । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्