
काठमाडौं– वायुसेवा प्रदायक कम्पनि बुध्द एयरले अन्तर्राष्ट्रियतर्फको दोश्रो उडान भारतको कोलकाताबाट सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ ।
बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै बुद्ध एयरले उक्त जानकारी गराएको हो ।
पश्चिमबंगालका राजधानी कोलकाता उडानका लागि बुध्द एयरले त्यहाँ आफ्नो अधिकारिक कार्यालय पनि खोलिसकेको बुद्ध एयरले जानकारी दिएको छ ।
बुध्द एयरले नवबर्ष २०७६को आगमनसँगै वैसाख २ बाट कोलकाता उडान भर्नेछ ।
कोलकाता–काठमाण्डौको सिधाहवाई सेवा सञ्चालन गर्ने बुध्द एयर एक मात्र नेपाली विमान सेवा कम्पनि रहेको दावी बुद्ध एयरको रहेको छ ।
शुरुमा हप्ताको तीन दिन सोमवार, बुधवार र शुक्रवार उडान सञ्चालन गर्ने र काठमाडौंबाट बिहान ८ बजे र कोलकाताबाट स्थानीय समय १०ः३० बजे उडान हुने छ । कोलकाता उडान एटीआर ७२ बाट गर्ने छ ।
बुध्द एयरले देशका विभिन्न भागमा दिनहुँ ४ दर्जन भन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ बुध्द एयर भारतको वाराणसीमा साताको सोमबार र शुक्रवार गरि २ उडान भरिरहेको छ ।
काठमाडौं– कोलकाताको होदोरो उडान २४ हजार रुपैयाँमा हुने एयरको दावी छ ।