
काठमाडौं– नेपालको व्यापार वैदेशिक व्यापार घाटा पौनै सात खर्ब पुगेको छ ।
नेपाल राष्ट्र बैंकले बुधवार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७८ अर्ब ५३ करोड रुपैयाँ वैदेशिक व्यापार घाटा पुगेको छ ।
सो व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२ दशमलव १ प्रतिशतले भएको वृद्धि हो ।
त्यस्तै सो अवधिमा विप्रेषण आप्रवाह ४ खर्ब ४३ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाह ३० दशमलव २ प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको सो अवधिमा नेपालबाट वैदेशिक रोजगारीमा जानेको सँख्यामा कमी आएको छ ।
वैदेशिक रोजगारीमा जानेको सँख्या ३९ दशमलव १ प्रतिशतले घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।