२७ असार २०८३, शनिबार

काँग्रेस बैठकः उपसभापति निधिद्वारा राजनीतिक प्रस्ताव पेश

काँग्रेस बैठकः उपसभापति निधिद्वारा राजनीतिक प्रस्ताव पेश

काठमाडौं– नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति  विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव पेश गरेका छन् । 

पार्टीको केन्द्रीय कार्यसमितिको तर्फबाट गत महासमितिको बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव परिमार्जनसहित आजको बैठकमा पेश गरिएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

यस्तै बैठकमा भ्रातृ संस्था नेपाल आदिवासी जनजाति संघ र शुभेच्छुक संस्था प्रजातान्त्रिक वन प्राविधिक संघ–नेपालद्वारा स्वीकृतिका लागि पठाइएको विधान छलफलका लागि बैठकमा पेश भएको छ । 
आजको बैठकमा केन्द्रीय सदस्यहरु— बालकृष्ण खाण, रमेश रिजाल, महेन्द्र यादव, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, बहादुर सिंह लामा , लक्ष्मी परियार, अमृत अर्याल र अतहर कमाल मुसलमानले आ–आफ्नो धारणा राखेका थिए । 
यसैबीच नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति पार्टी सभापति  शेरबहादुर देउवाले आवश्यक परामर्श गरेपछि गठन गरिने भएको छ । 

केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७५ फाल्गुण ९ गतेका लागि तय भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्