
काठमाडौं– सरकारले पाँच प्रतिशतभन्दा बढी विदेशी श्रमिक राख्न नपाइने प्रावधान कडाइका साथ कार्यान्वयनमा ल्याएको छ । नेपाली श्रमिकलाई नै रोजगारीमा प्राथमिकता दिने उदेश्यले सरकारले कुनै पनि प्रतिष्ठानमा कुल श्रमिकको पाँच प्रतिशतभन्दा बढी विदेशी श्रमिक राख्न नपाइने प्रावधान ल्याएको हो ।
श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ मा विदेशी नागरिकलाई कडाइ गरिएको छ । सरकारले विदेशी नागरिकको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका– २०७५ समेत जारी गरी विदेशी नागरिकबारे स्पष्ट व्यवस्था गरेको हो ।, अन्नपूर्ण पोस्टमा खबर छ ।