२९ जेठ २०८३, शुक्रबार

विराटनगर विमानस्थलमा ठेकेदारको मनपरी, पार्किङको नाममा कानून विपरीत असुली

विराटनगर विमानस्थलमा ठेकेदारको मनपरी, पार्किङको नाममा कानून विपरीत असुली

विराटनगर- विराटनगर विमानस्थलमा पछिल्लो समय सेवाग्राही र पार्किङ ठेकेदारका कर्मचारीबीच विवाद हुँदै आएको छ ।

पछिल्लो समय नेपाल नागरिक उड्ययन प्राधिकरण विराटनगरले पार्किङ नयाँ ठेकेदारलाई स्वीकृति दिएपछि सर्वसाधारणमाथि बढी रकम असुली हुँदै आएको पाइएको हो ।

अघिल्लो दिन माघ २९ गतेसम्म ५ रुपैयाँ पार्किङको तिर्दै आएका सर्वसाधारण तथा यात्रुहरुले भोलिपल्टै अर्थात् फागुन १ गतेदेखि १० रुपैयाँदेखि २० रुपैयाँसम्म तिर्नुपर्‍यो । सवारी पार्किङ शुल्कको नाममा मोटरसाइकल र स्कुटरको ५ रुपैयाँ मात्र लिन पाउने भएपनि ठेकेदारको मनपरीका कारण २० रुपैयाँसमेत लिँदै आएको सार्वजनिक भएको छ । त्यस्तै १० रुपैयाँ त रसिद नै काटेर लिँदै आएको सेवाग्राहीको आरोप छ ।

विराटनगरका ईश्वर रेग्मीले विमानस्थलमा पार्किङको नाममा मनपरी रकम असुली भएको बताए । उनले ५ रुपैयाँ लिन पाउने ठाउँमा १० रुपैयाँ लिइएको आरोप लगाए ।  आम नागरिक ठगीमा परेकोले आफूले सूचना माग गरेकोसमेत जानकारी दिए । विराटनगर विमानस्थलमा पार्किङ ठेक्का स्वीकृत भएपछि १ गतेदेखि मनपरी रकम असुली भएको हो । 

विमानस्थलले ३ वर्षको लागि ३६ लाखमा ठेक्का लगाएको कर्मचारी बताउँछन् । तर ठेकेदारका कर्मचारी भने ५–१० रुपैयाँ गुट्खा खाएर जाने भएकोले पैसा तिर्नुपर्ने दबाब दिने गरेको सेवाग्राहीको  गुनासो छ । 
पार्किङ शुल्क ग्रामथान गाउँपालिका वडा नम्बर २ मा रहेको अत्री कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रा. लिले  ठेक्का लिएको छ । 

नागरिक उड्ययन प्राधिकरणले आह्वान गरेको बोलपत्रमा ५ रुपैयाँ उल्लेख गरेपनि नियमभन्दा बाहिर गएर बढी रकम लिएको सवाग्राहीको भनाइ छ । 

यसबारेमा विराटनगर विमानस्थल प्रमुख टेकनाथ सिटौलाले  विमानस्थलको बाहिरी पार्किङ नयाँ ठेक्का फागुन १ गतेदेखि लागु भएको जानकारी दिए । उनले ३ वर्षको लागि वार्षिक १२ लाखका दरले ३६ लाखमा ठेक्का लगाइएको जानकारी दिए । सिटौलाकाअनुसार  मोटरसाइकलको दुई घण्टा पार्किङ गरेको ५ रुपैयाँभन्दा बढी लिन नपाउने, त्योभन्दा बढी समय पार्किङ गरे विमानस्थल दस्तुर नियमावली अनुसार अघि बढ्ने बताए । यदि विमानस्थल दस्तुर नियमावलीभन्दा बाहिर गएर  बढी रकम असुल गरेको पाइए ठेकेदारमाथि कारवाही तथा ठेक्का नै बदर हुनसक्ने बताए । प्रमुख सिटौलाले प्रमाणसहित कसैले उजुरी दिएको खण्डमा आफू कारवाही गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्