०५ साउन २०८३, मंगलबार
सबल प्रतिज्ञा

अपाङ्गतामै जन्मियो जिल्लाको मुहार फेर्ने धोको

फागुन ४, २०७५
अपाङ्गतामै जन्मियो जिल्लाको मुहार फेर्ने धोको

बुटवल – दाङ जिल्लालाई कांग्रेसका नेताहरू पञ्चायतकालदेखि ‘गढ’को रूपमा चिनिएको जिल्ला मान्छन् । जुन कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काको गृहजिल्ला पनि हो ।

खड्काको निर्वाचन क्षेत्रका नेता हुन् तत्कालीन एमाले हाल नेकपा प्रदेशसभा सदस्य रेवतीरमण शर्मा घिमिरे । उनको एउटा हात कुहिनोभन्दा तल छैन । ५ नम्बर प्रदेशमा ८७ सांसद छन् । तीमध्ये २ जना अपाङ्गता भएका सांसद छन् । दाङका रेवतीरमण शर्मा घिमिरे र रुकुमका दीपेन्द्र पुन मगर ।

दुवै प्रत्यक्ष निर्वाचित सांसद हुन् । घिमिरेको २०२९ सालमा रूखबाट लडेर हात भाँचियो । दाङमा उनको हात प्लास्टर गरियो । तर सेफ्टी बिग्रिएकाले घाउ पाक्यो । 

भाँचिएको ठाउँमा संक्रमण फैलिएपछि त्यहाँ उपचार सम्भव भएन । घिमिरलेलाई बनारस पुर्याइयो । त्यहाँको बीएचयू हस्टिपलमा पुर्याएपछि उनको हात काटेर फाल्नुपर्छ भनेर चिकित्सकले भने । उनी ६ महिना हस्पिटलमा बस्नुपर्यो ।

१५ वर्षीया शर्मा छाँगाबाट खसेजस्तै भए । ‘म अपाङ्ग भए, अब केही गर्न सक्दिनँ कि भन्ने लाग्यो,’ उनले भने । तर घरमा आएपछि उनले पढाइलाई निरन्तरतासँगै अखिलमा आवद्ध भए र राजनीति पनि शुरू गरे । उनले पढाइसँगै अखिलको विभिन्न कमिटीमा रहेर काम गरे । 

२०३५ सालमा अखिल विभाजनसँगै उनी अखिल छैठौंमा आवद्ध भए । छैठौंमा काम गर्दै राजनीतिसँगै पढाइ पनि अगाडि बढाउनुपर्छ भन्ने उनको मनमा सधै रहिरह्यो । २०३९ सालमा उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरे । २०३६ सालको जनमत संग्रहपछि शर्माले पुनः अखिलमै आवद्ध भएर राजनीति शुरू गरे । उनी लामो समय संगठनमा रहेर काम गरे ।

‘दाङमा कांग्रेस नेता खुमबहादुर खड्काले कम्युनिस्टलाई ज्यादती गर्थे,’ शर्मा भन्छन्, ‘कांग्रेसको ज्यादतीविरूद्ध एकतावद्ध भएर दाङमा कम्युनिस्टलाई अगाडि बढाउनुपर्छ भनेर लाग्यौं ।’

शर्मा लगायतका त्यहाँका युवा नेताले विभिन्न किसान आन्दोलन गर्दा कम्युनिस्टप्रति आकर्षण र कांग्रेसप्रति जनताको विकर्षण बढ्दै गयो । २०३६ सालको जनमत संग्रह र २०४६ सालको जनआन्दोलनले कम्युनिस्टलाई दाङमा बलियो बनाउँदै लग्यो ।

त्यसपछिका निर्वाचनमा काम्युनिस्टहरू चुनाव लड्न सक्ने भए । २०६३ सालमा जनआन्दोलनको नेतृत्व पनि दाङमा उनैले गरे । २०५९ देखि २०६२ सालसम्म तत्कालीन नेकपा एमालेको जिल्ला सचिव भएर काम गरे । उनको पार्टीप्रतिको योगदान देखेर तत्कालीन एमालेले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा टिकट दियो । तर उनी पराजित भए ।

२०६४ सालमा दाङका ५ वटै निर्वाचन क्षेत्रमा तत्कालीन नेकपा माओवादी विजयी भयो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि उनले दाङ क्षेत्र नम्बर १ बाट टिकट पाए । तर उक्त निर्वाचनमा पनि उनले सफलता हाँसिल गर्न सकेनन् । २०७० सालको निर्वाचनमा सबै क्षेत्रमा कांग्रेस विजयी भयो । 

२०७४ सालको निर्वाचनमा दाङलाई ५ निर्वाचन क्षेत्रबाट ३ मा झारियो । सँगै संघीय संरचनामा मुलुक गएपछि प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारहरू छनौट गरिए । उनलाई दाङ क्षेत्र नम्बर १ को (ख) बाट टिकट दिइयो । उनी भारी मतले विजयी भए ।

दाङबाट निर्वाचित शंकर पोखरेल मुख्यमन्त्री छन् । उनी भन्छन्, ‘मेरो निर्वाचन क्षेत्र विकासमा पछाडि छ । यातायातको पनि असुविधा छ । शिक्षा स्वास्थ्य आधारभूत आवश्यकता पूर्ति गर्न धेरै काम गर्नुपर्ने छ । काम गरेर म आफ्नो निर्वाचन क्षेत्र विकासमा लाग्नेछु ।’

‘मुख्यमन्त्री हाम्रै जिल्लाबाट प्रतिनिधित्व गर्नुहुन्छ । योजना पनि धेरै परेका छन् । काम गरी मेरो क्षेत्र लमहीको मुहार फेर्ने धोको छ,’ शर्माले भने । दाङका केही क्षेत्रहरू घोराही तुलसीपुर शहर विकाशित भएपनि उनी अहिले तिलोत्तमा जानकीनगरमा डेरा गरी बस्दै आएका छन् ।

उनी भन्छन्, ‘मलाई कहिल्यै अपाङ्गता भएको आभास भएको थिएन । जब म बुटवल डेरा लिएन बस्नुपर्ने भयो । बल्ल मलाई केही आफू कमजोर भएको आभास भएको छ ।’ उनको रेखदेखका लागि उनकी पत्नी अरुणादेवी शर्मा पनि बुटवल बस्न थालेकी छन् । पत्नी अरुणा भन्छिन्, ‘प्रदेश राजधानी बुटवल हुँदा उहाँलाई कपडा धोइदिनेदेखि विभिन्न अन्य सहयोग आवश्यक पर्छ । त्यसैले मैले यहाँ आएर उहाँको स्याहार र खानपिन गराउनुपर्ने हुन्छ ।’

‘राज्य संयन्त्र चलाउने, जनमत जोगाउन र विकास निर्माणको रकमको प्रयोगमा राजनीति गर्ने कांग्रेसलाई अब कम्युनिस्टको सरकारले विकास गरेर देखाउँछ,’ उनी भन्छन् । उनी सार्वजनिक लेखा समितिको सदस्य पनि हुन् । प्रदेशसभा र सरकारले खरिद गरेका गाडीमा भएको अनियमितताको समितिमा रहेर काम गरे ।

उनी भन्छन्, ‘प्रदेशको राजधानी दाङ हुनुपर्छ । बुटवल प्रदेशको सेन्टरमा पर्दैन । यो एउटा टुप्पोमा पर्छ । दाङ मध्य भागमा पर्छ । राजधानी त दाङ बनाउनुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्