काठमाडौँ, १ पुस - त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत जेठ र असारमा सञ्चालित विज्ञानतर्फको (चारवर्षीय) बिएस्सी तेस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

परीक्षाका मर्यादाविपरीत काम गर्ने परीक्षा क्रमाङ्क ५३३०२६९, ५३३०३२३, ५३३०३४६, ५३७०४४६ र ५३७१११६ का परीक्षार्थीलाई आगामी दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन पाउने गरी निष्काशन गरिएको त्रिविले जनाएको छ ।
परीक्षाफल नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार र ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिने छ ।