
काठमाडौं–राजधानीमा शनिबार राति भूकम्पको धक्का महसूस गरिएको छ । राति ८ बजेर ३४ मिनेट जाँदा भूकम्पको धक्का महसूस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ८ बजेर ३४ मिनेट जाँदा कीर्तिपुर आसपास केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिए ।
भूकम्पको धक्का राजधानी र आसपासका क्षेत्रमा महसूस भएको बताइएको छ ।
२०७२ को भूकम्प बिर्सिनै लागिसकेका राजधानीबासी फेरि पनि कडा भूकम्पको धक्का महसूस भएपछि त्रसित बनेका छन् ।