०९ असार २०८३, मंगलबार

अपराध अनुसन्धानमा सीसीक्यामेरा प्रभावकारी

फागुन ५, २०७५
अपराध अनुसन्धानमा सीसीक्यामेरा प्रभावकारी

काठमाडौँ– काठमाडौंँको डल्लु आवासक्षेत्रमा २०७१ सालमा भएको हत्या घटनामा संलग्न एक व्यक्ति लामो समयको अनुसन्धानपछि सीसीटीभी क्यामेराको सहयोगमा पक्राउ पर्न सफल भए । 
त्यस्तैं, सीसी क्यामेरामा कैद भएको फुटेजकै सहयोगमा २०७२ सालतिर बिजुलीबजारमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकलाई ठक्कर दिई फरार ट्याक्सी चालक पक्राउ परेका थिए । सो घटनामा मोटरसाइकल चालकको मृत्यु भएको थियो । 
सीसी क्यामेराको सहयोगबाट नै आर्थिक वर्ष २०७४–७५ मा विभिन्न ट्याक्सीमा छुटेको करीब ४२ लाख ११ हजार रुपियाँ नगद सम्बन्धित ब्यक्तिलाई बुझाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
प्रहरी अधिकारीका अनुसार उल्लेखित घटनाहरू सीसीटीभी प्रयोगबाट प्राप्त सफलताका केही प्रतिनिधि उदाहरण मात्र हुन् । काठमाडौँ उपत्यकाको शान्तिसुरक्षाका लागि सीसी क्यामेराहरु विश्वासिलो र भरपर्दो सहयोगी प्रविधि बन्ने गरेका छन् ।  गोरखापत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्