०३ असार २०८३, बुधबार

भुटानको उग्येन एकेडेमीलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

भुटानको उग्येन एकेडेमीलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

काठमाडौं– थ्री स्टार क्लब भुटानमा जारी ‘जिग्मे दोर्जी बाङचुक स्मृति गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । शनिबार भएको खेलमा थ्री स्टारले भुटानको उग्येन एकेडेमीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै थ्री स्टार अन्तिम चारमा प्रवेश गरेको हो । 

खेलको निर्धातिर समयमा १–१ गोलको बराबरीमा सकिएको थियो । खेलमा उग्येन एकेडेमीले यसी दोर्जेको गोलमार्फत ६०औँ मिनेटमा गोल गर्दै अग्रता बनाएका थिए । तर, त्यसको पाँच मिनेटपछि थ्री स्टारका मिक्छेन तामाङले बराबरी गोल फर्काएका थिए । त्सपछि खेलमा कुनै पक्षबाट गोल हुन सकेन र पेनाल्टी सुटआउनमा पुगेको थियो ।

नेपालबाट थ्री स्टार र आर्मी प्रतियोगितामा सहभागी छन् । थ्री स्टारले सेमिफाइलनमा युनाइटेड ब्रदर्स र रोयल फुटबल क्लब भारतबीचको विजेतासँग आइतबार खेल्नेछ । यसअघि आर्मीले शुक्रबार भुटानको थिम्पु सिटीलाई ६–० को फराकिलो गोलअन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको थियो । प्रतियोगितामा नेपालका दुई क्लब, भारतका चार क्लबसहित १२ क्लब सहभागी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्