१३ असार २०८३, शनिबार

पुलवामा हमला : बलिउडले आज कालो दिन मनाउने

फागुन ५, २०७५
पुलवामा हमला : बलिउडले आज कालो दिन मनाउने

भारत- संसार 'भ्यालेन्टाइन डे'मा झुमिरहँदा भारत भने शोकमा डुबेको थियो । पुलवामा भएको आतंकवादी हमलामा ४० भारतीयले ज्यान गुमाए । आक्रमणबारे बलिउड स्टारहरूले पनि आ-आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् । जम्मू-कश्मीरको पुलवामा जिल्लाको अवंतिपोरा क्षेत्रमा बिहीवार सीआरपीएफमाथि हमला भएको थियो ।

बलिउड कलाकारले मात्र होइन, सर्वसाधारणले पनि उक्त हमलाको निन्दा गर्दै भारतले बदला लिनुपर्ने तर्क राखिरहेका छन् । बलिउड कलाकार अक्षय कुमार, प्रियंका चोपडा, आमिर खान, आर माधवन, आलिया भट्ट, सलमान खान, विक्की कौशल, ऋषि कपूर, दिया मिर्जा, रितेश देशमुख, अभिषेक बच्चन र बरुण धवनलगायतले हमलाको निन्दा गरेका छन् ।

सिनेकर्मीहरूको छाता संगठनले उक्त हमलाको निन्दा गर्दै आइतवार अर्थात् फेब्रुअरी १७ तारिखका दिनलाई कालो दिन मनाउने घोषणा गरेको छ । त्यस्तै बलिउड कलाकारहरूले २-४ दिन फिल्मसँग सम्बन्धित काम नगर्ने र प्रार्थनासभा आयोजना गर्ने बताएका छन् । 

त्यस्तै सिनेमा र टेलिभिजन शो निर्माणसँग जोडिएका सबै मजदूर र टेक्निसियन दिउँसो १२ बजे फिल्मसिटीको गेटमा पुगेर विरोध गर्नेछन् । त्यसपछि उनीहरू कालो पट्टी बाँधेर काममा लाग्नेछन् । गएको बिहीवार जैश-ए-मोहम्मदका सदस्य आदिल अहमद डारले जम्मू-श्रीनगर हाइवेमा सीआरपीएफका जवानमाथि हमला गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्