१३ असार २०८३, शनिबार

ओलीको एक वर्षे कार्यकालप्रति कांग्रेसको मूल्याङ्कन– तेस्रो श्रेणीमा पनि पास भएनन् !

फागुन ५, २०७५
ओलीको एक वर्षे कार्यकालप्रति कांग्रेसको मूल्याङ्कन– तेस्रो श्रेणीमा पनि पास भएनन् !

काठमाडौं –प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार एक वर्षको कार्यकाललाई मूल्याङ्कन गर्दा तेस्रो श्रेणीमा समेत उत्तीर्ण हुन नसकेको टिप्पणी गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतवार पत्रकार सम्मेलन आयोजना गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ओलीमा शासकीय योग्यता समेत नदेखिएको आरोप लगाएका छन् ।

कांग्रेसले एक वर्षको अवधिमा सरकारले ‘क्रान्तिकारी छलाङ’ मारेको भन्दै व्यङ्ग्य समेत गरेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले समेत भ्रष्टाचार संस्थागत भयो भन्नुले भ्रष्टाचारको भयाभह तस्वीर सार्वजनिक भएको प्रवक्ता शर्माको तर्क छ । 

सिंहदरबारको भ्रष्टाचार प्रदेश दरबारमा सरेको उनको टिप्पणी छ । ‘सरकारले विगतमा एक वर्षको अवधिमा विश्वसनीयता गुमायो, बूढीगण्डकीमा राष्ट्रघात नै भयो,’ प्रवक्ता शर्माले भने, ‘जसलाई देशले भर गर्‍यो उसैमा (प्रधानमन्त्रीमा) शासकीय योग्यता देखिएन । देशले दुःख पायो ।’ 

कांग्रेस सरकारले स्वदेशी लगानीमा निर्माण गर्ने भनेको बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई दिएर सरकारले राष्ट्रघात गरेको आरोप समेत प्रवक्ता शर्माले लगाए ।

केपी ओली नेतृत्वको सरकारले फागुन ३ गते एक वर्षे कार्यकाल पूरा गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्