१० साउन २०८३, आइतबार

२५ मेगावाट क्षमताका दुई वटा आयोजनासँग विद्युत् खरीद सम्झौता

२५ मेगावाट क्षमताका दुई वटा आयोजनासँग विद्युत् खरीद सम्झौता

काठमाडौँ–सरकारले ल्याएको सहज नीतिका कारण पछिल्ला दिनमा नेपाल विद्युत् प्राधिकरण र निजी प्रवद्र्धकले धमाधम विद्युत् खरीद सम्झौता गर्दै आएका छन् । त्यसै क्रममा आज मात्रै प्राधिकरणले २५ मेगावाट क्षमताका दुई वटा आयोजनासँग विद्युत् खरीद सम्झौता गरेको छ । 

प्राधिकरणका अनुसार ताप्लेजुङको काबेली खोलामा निर्माण हुने १२ मेगावाट क्षमताको सुपर काबेली र १३ दशमलब ५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ आयोजनाको प्रवद्र्धकसँग उक्त सम्झौता गरिएको हो । सुपर काबेलीको प्रवद्र्धकमा हिल्टन हाइड्रो इनर्जी र सुपर काबेली ‘ए’को प्रवद्र्धकमा स्नो रिभर कम्पनी रहेका छन् । सम्झौतामा प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र दुवै आयोजनाको प्रवद्र्धकका तर्फबाट सञ्चालक मोहनविक्रम कार्कीले हस्ताक्षर गर्नुभयो । दुवै आयोजनाबाट उत्पादन हुने विद्युत् हिउँदको समयमा प्रतियुनिट आठ रुपैयाँ ८० पैसा र वर्षाको समयमा चार रुपैयाँ ८० पैसामा प्राधिकरणले खरीद गर्नेछ । 

सुपर काबेलीको लागत रु दुई अर्ब ५६ करोड र सुपर काबेली ‘ए’को लागत रु दुई अर्ब ७५ करोड रहेको छ । दुवै आयोजनाबाट उत्पादन हुने विद्युत् १३२ केभी क्षमताको काबेली प्रसारण लाइनमार्फत अमरपुर सबस्टेसनमा जोडिनेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्