०८ असार २०८३, सोमबार

मैना सुनुवार हत्याकाण्डः फैसला कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

मैना सुनुवार हत्याकाण्डः फैसला कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ– काभ्रे जिल्ला अदालतबाट मैना सुनुवार घटनाका दोषीहरुलाई २० वर्ष कैद सजाय हुने गरी सुनाएको फैसला कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । 

एड्भोकेसी फोरम नेपालका निर्देशक ओमप्रकाश सेन ठकुरी र मैना बाल विकास समितिका अध्यक्ष देवी सुनुवारले आज संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी अदालतले २०७४ वैशाख ३ गते घटनाका दोषीहरुलाई २० वर्ष कैदको फैसला सुनाएपनि दोषी हालसम्म पक्राउ नपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।  

घटना भएको १३ वर्षपछि गरेको फैसला कार्यान्वयन गरी तीन दोषीहरु सैनिक अधिकृत बबी खत्री, सुनिलप्रसाद अधिकारी र अमित पुनः अझै पक्राउ नपरेकोप्रति सरकारको ध्यानाकर्षण गराइएको हो ।

salt training

कमेन्ट गर्नुहोस्