१६ असार २०८३, मंगलबार

कर्मचारी समायोजन विधेयक सच्याउन माग

फागुन ५, २०७५
कर्मचारी समायोजन विधेयक सच्याउन माग

काठमाडौँ–सरकारी चिकित्सक सङ्घ (गोदान)ले कर्मचारी समायोजन विधेयक सच्याउन पुनः माग गर्दै विधेयक नसच्चिए आन्दोलन गर्ने घोषणा गरेको छ । विधेयकले विशेषगरी स्वास्थ्य सेवाका कार्यरत चिकित्सक एवम् स्वास्थ्यकर्मीको वृद्धि विकासको ढोका बन्द भएको जनाउँदै उसले विधेयक सच्याउन राष्ट्रपति र राष्ट्रियसभाका अध्यक्षलाई आग्रह गर्ने जनाएको छ । 

गोदानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगतमा आफ्ना मागको सम्बोधन नगरेको र प्रतिनिधिसभाबाट पारित सो विधेयकममा समेत आफ्ना माग सम्बोधन नभएकामा आपत्ति जनाउनुभयो । उहाँले विधेयक सच्याउन दबाब दिन सोमबार स्वेच्छिक राजीनामा दिन हस्ताक्षरको कार्यक्रम सञ्चालन गर्ने, बिदामा बस्ने, स्वास्थ्य सेवा प्रभावितसमेत गर्ने लगायतका आन्दोलनका कार्यक्रम रहेको बताउनुभयो । 

स्वास्थ्य सेवाका कर्मचारीको समायोजन प्रक्रिया लगभग समाप्त भएको मन्त्रालयले जनाएको छ । यसैबीच गोदानका मागप्रति आयुर्वेद चिकित्सक सङ्घले ऐक्यबद्धता जनाएको छ । सङ्घका अध्यक्ष डा प्रकाश ज्ञवालीले आज यहाँ विज्ञप्ति प्रकाशित गरी स्वास्थ्य सेवाका कर्मचारी समायोजनलाई स्वेच्छिक बनाई चिकित्सकलाई पुल दरबन्दीमा राखी सङ्घ, प्रदेश तथा स्थानीय तहका अस्पताल तथा स्वास्थ्य केन्द्रमा खटाउने र निश्चित अवधिपछि सङ्घमा आउने बाटो खुला राख्न माग गर्नुभयो । 

salt training

कमेन्ट गर्नुहोस्