०३ असार २०८३, बुधबार

तिब्बतको वैदेशिक व्यापार स्थिर

तिब्बतको वैदेशिक व्यापार स्थिर

ल्हासा- चीनको दक्षिणपश्चिमी स्वशासित क्षेत्र तिब्बत क्षेत्रको सन् २०१८ मा वैदेशिक व्यापार स्थिर रहेको सरकारी तथ्याङ्कले देखाएको छ । गत बर्ष तिब्बतको आयात तथा निर्यातको कुल परिमाण ७० करोड १० लाख अमेरिकी डलर रहेको छ । 

यसैबीच सीमानाका बासिन्दासँगको व्यापारमा भने अघिल्लो बर्षको तुलनामा सन् २०१८ मा १६९.३ प्रतिशतको वृद्धि भई जम्मा १० करोड युआन बढी कारोबार भएको तथ्याङ्कमा उल्लेख छ । तिब्बतको वैदेशिक ब्यापारको ५२.६ प्रतिशत हिस्सा नेपालसँगको व्यापारबाट भएको छ । यो अघिल्लो बर्षको तुलनामा ४.६ प्रतिशतले वृद्धि हो । 

“तिब्बतले सीमा व्यापारलाई प्रोत्साहन गर्न बेल्ट एण्ड रोड कार्यक्रममा विशेष सक्रियाता दिएको र यसबाट वैदेशिक व्यापार विकासमा मजबुत गति लिएको छ,” ल्हासा भन्सारका प्रमुख लिउ डालीले बताउनुभयो । 

तिब्बतको व्यापारलाई स्थिर राख्न दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियासँग स्थानीय अधिकारीहरूले बढाएको आर्थिक समन्वयले पनि विशेष योगदान पुर्याएको छ । गत बर्ष तिब्बतमा छ करोड अमेरिकी डलर वैदेशिक लगानीका विभिन्न २६ नयाँ उद्योगहरू स्थापना गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्