०१ असार २०८३, सोमबार

इजलासमा कानुन व्यवसायीलाई कडाइ गर्ने तयारी

फागुन ६, २०७५
इजलासमा कानुन व्यवसायीलाई कडाइ गर्ने तयारी

काठमाडौं। मुद्दा व्यवस्थापन पद्धति विकास अध्ययन समितिले अब इजलासमा कानुन व्यवसायीका लागि समय सूचक यन्त्र व्यवस्था गरी बहस सुचारु गर्नुपर्ने सुझावसहितको मस्यौदा तयार पारेको छ ।

 लामो समय एउटै मुद्दाले अरू पेसीमा बहस हुनै नसक्ने परिपाटी हटाउन समितिले कानुन व्यवसायीका लागि इजलासले समय सूचक व्यवस्था गर्ने गरी सुझाव दिएको हो ।
गत साता सर्वोच्चमा भएको कार्यक्रममा मुद्दा व्यवस्थापन समिति अध्ययन समितिका संयोजक श्रीकान्त पौडेलले मुद्दा व्यवस्थापन नगरे अदालतमा कार्यबोझ बढ्ने बताए । समय सूचकको व्यवस्था नहुँदा अदालतमा एउटै मुद्दाले अन्य मुद्दा पर धकेलिने परिस्थिति बनेको पौडेलको भनाइ थियो । राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्