
पर्वत - मोदीवेणीको नृसिंह मन्दिरमा रहेका बहुमुल्य शालिग्राम शिला शनिबार चोरी भएको छ । लामो समयदेखि संग्रह गरेर राखिएका शालिग्राम मन्दिरको ढोकामा लगाएको ताल्चा काटेर चोरी भएको मोदीवेणी दिव्यधाम व्यवस्थापन समितिले जनाएको छ ।
मन्दिरमा संग्रह गरेर राखिएका करिब ५ सय वर्ष पुराना शालिग्राम र नृसिंहका मूर्ति चारिएका हुन् । रातको समयमा मूलद्वारको ताला काटेर ४९ वटा प्राचीन शालिग्राम शिला लगेको नृसिंह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोपालदास पौडेलले बताए ।, कान्तिपुरमा खबर छ ।