२६ असार २०८३, शुक्रबार

कांग्रेसप्रति ओलीको टिप्पणी– दिशा छुट्याउन नसक्ने कम्पास र ढुङ्गो उस्तै !

कांग्रेसप्रति ओलीको टिप्पणी– दिशा छुट्याउन नसक्ने कम्पास र ढुङ्गो उस्तै !
फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस काम नगर्ने कम्पास जस्तो बनेको आरोप लगाएका छन् ।

कांग्रेस गन्तव्यविहीन पार्टी बनिसकेको उनको टिप्पणी छ । हिन्दूराष्ट्र सहितका २२ बुँदे माग बुझाउन पुगेका राप्रपा नेताहरूसँग ओलीले भने– ‘प्रतिपक्षी दल दिशा छुट्याउन नसक्ने कम्पास जस्तै भएको छ, ढुङ्गो जस्तै । गन्तव्य भए पो कम्पासले दिशा छुट्याउन सक्छ !’

ओलीले देशका लागि राप्रपा जस्तो राष्ट्रवादी शक्तिको खाँचो रहेको समेत बताए ।

राप्रपा प्रतिनिधि मण्डलसँग सामूहिक भेटपछि अध्यक्ष कमल थापासँग ओलीले झण्डै ४५ मिनेट ‘वान टू वान’ कुराकानी समेत गरेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्