१९ असार २०८३, शुक्रबार

विश्वव्यापीकरणको प्रभाव : ग्रन्च पाइन्ट किन्यौं, गुन्यू-चोली कहिले बेच्ने ?

फागुन ७, २०७५
विश्वव्यापीकरणको प्रभाव : ग्रन्च पाइन्ट किन्यौं, गुन्यू-चोली कहिले बेच्ने ?

-लक्ष्मी पौडेल ‘अनुरागी’

नेपालबाट दैनिक हजारौं युवा विदेशिन्छन् । यसरी विदेशिने प्राय: वैदेशिक रोजगारीकै लागि हुन्छन् । विश्वव्यापीकरणको कारणबाट एक देशका नागरिक कानूनी प्रक्रिया पूरा गरी अर्को देशमा रोजगारका लागि जान पाउँछन् ।  यसकै कारण नेपालका बेरोजगार जनशक्तिहरू बाह्य देशमा रोजगारी गर्न पाएका छन् । उनीहरूले विदेशमा सीपसँगै अध्ययन पनि हासिल गर्छन् । अझ योभन्दा ठूलो विषय ‘रेमिट्यान्स’ हो । यही रेमिट्यान्सले सिङ्गो देशको अर्थतन्त्र चलेको छ । विश्वव्यापीकरणबाट नेपालले प्रविधि पनि भित्र्याउन सफल भएको छ । यसलाई नेपालले फाइदाको रुपमा लिनुपर्छ ।

आज बहुराष्ट्रिय कम्पनीहरूले संसारको जुनसुकै कुनामा गएर पनि व्यवसाय गर्न पाउँछन् । यसको एकमात्र कारण हो- विश्वव्यापीकरण । अन्तर्राष्ट्रिय पुँजी तथा कच्चा पदार्थको लेनदेन तथा वैदेशिक व्यापार सहज बनेको छ । जसको कारणले गर्दा विकास र समृद्धिको लागि उत्पादनलाई केही सहज बनेको छ । सुचना प्रविधिको कुरा गर्दा आज हामी जुन स्थितिमा छौं, त्यो विश्वव्यापीकरणबिना सम्भव थिएन । सूचना र प्रविधिमा आज हामी अगाडि बढिरहेका छौं । सूचना-प्रविधिमा हामी अगाडि भएपनि सबै शिक्षित छन् भन्ने होइन । तर जति शिक्षित छन्, सबै सूचना प्रविधिमा दख्खल छन् । नेपाल अहिले जुन अवस्थामा छ, यसमा विश्वव्यापीकरणको ठूलो हात छ ।

नेपालमा विभिन्न वैदेशिक ऋण र सहयोग रकम प्राप्त भएको छ । वैदेशिक व्यापारका लागि बाटो खुला भएको छ । जसको कारणले नेपालले आफ्ना उत्पादन अन्य मुलुकहरूमा पठाउन सक्छ । नेपालमा प्रशस्त मात्रामा भएको जलबाट उत्पादित बिजुली भारतलगायका अन्य देशमा बेच्न र राजस्व संकलन गर्न सक्छ । सम्भावनाको रुपमा रहेका विभिन्न खनिज पदार्थ र धातुहरूको उत्खनन गरेर वैदेशिक व्यापारलाई प्रभावकारी ढङ्गबाट अघि बढाउन सक्छ । जसबाट नेपालका जनशक्ती बाहिरिने ठाउँमा नेपालकै जनशक्ति प्रतिस्थापान गरी थप जनशक्ति आवश्यकता परेको अवस्थामा बाह्य जनशक्ति पनि भित्र्याउन सके अधिकारको खम्बाको रुपमा विश्वव्यापीकरण रहेको छ ।
आज विभिन्न योजनामा अनुदान माग्ने नेपाललाई, अनुदान दिने अधिकार विश्वव्यापीकरणले प्रदान गरेको छ । पर्यटक बाहिरिने मात्र होइन, लाखौं करोडौं पर्यटकलाई नेपाल भित्र्याएर हामी अर्बौं रुपैयाँ कमाउन सक्छौं ।  
नेपालको अर्थतन्त्रलाई माथि उठाउन कृषिलाई आत्मनिर्भर बनाउनुपर्छ पहिला । त्यसपछि नेपाली भूमिमा उत्पादित कृषि उत्पादनलाई वैदेशिक बजारसम्म पर्यालउनुपर्छ । विश्वव्पापीकरणकै माध्यमबाट वैदेशिक व्यापार बढाउन नेपालले अब ढिलो गर्नु हुँदैन ।

त्यस्तै नेपाललाई भूकम्प र बाढी पहिरो पीडितका लागि विदेशी राष्ट्रहरूबाट ऋण तथा अनुदान प्राप्त भएको थियो । यसरी सहयोग आदानप्रदान हुनुलाई पनि विश्वव्यापीकरणको एउटा पाटो मान्न सकिन्छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र मितव्ययिताको कारणले आज सिंगो विश्व नै ‘एक घर’ हुन पुगेको छ । सारा देशहरू नै परिवार बन्न पुगेका छन् । तर बिडम्बना किलोको दुई रुपैयाँमा पनि बन्दा बिक्री नभएपछि तरकारीबारीमा डोजर लगाएको खबर बाहिर आयो । नाफा त परको कुरा, लगानी पनि नउठ्दा कृषक तनावमा छन् । कृषिप्रधान देशमा आफूले लगाएको खेतीबाट मल र विषादीको मूल्य पनि नपाउनु भनेको लाजमर्दो कुरा हो ।

नेपाल जलस्रोतको खानी हो । जलविद्युतको उत्पादनको लागि प्रचुर सम्भावना छ । तर नेपालमा किन भारतबाट विद्युत आयात गरिन्छ ? नेपालमा उत्पादन गरेर विद्युत निर्यात गर्नु पर्दैन ?

छिमेकी मुलुक भारतबाट नै नेपालमा करोडौं मूल्य बराबरको तरकारी र खाद्यान्त आयात हुन्छ । विश्वव्यापारीकरणले आयात गर्ने त भनेको छैन नि । त्यसैले यसलाई पनि दोहोरो बनाउनुपर्छ । तसर्थ नेपालमा विश्वव्यापीकरणले सबैभन्दा बढी प्रभाव कृषिमा पारेको छ । जबकी कृषिप्रधान देशमा दैनिक लाखौंरकरोडौंको तरकारी, फलफुल र खाद्यान्न आयात हुनुले कस्तो संकेत गर्छ रु विश्वव्यापीकरण नेपालको लागि ठिक छैन भन्नुभन्दा पनि स्वदेशी उत्पादनमा जोड दिई अपुग परिस्थितिमा मात्र आयात गर्ने स्थिति सिर्जना गर्नुपर्छ ।

कृषिप्रधान देशले खै के, कहाँ र कति निर्यात गर्‍यो ? यसको जवाफ कसले दिने ? नेपालमा प्रशस्त मात्रामा उपलब्ध जडिबुटीहरू किन खेर गइरहेका छन् ? विश्वव्यापीकरण भनेर मात्र हुन्छ ? किन समन्वय र साझेदारी हुन सकेन ? नभएको चिज आयात गर्नुपर्छ तर भएकै चिज किन आयात हुन्छ ?

विश्वव्यापीकरणले यही र यस्तै भन्छ त ? नेपालमै पाइने जडिबुटीबाट बनेको औषधि नेपालले खरिद गर्नुपर्छ तर नेपालको जडिबुटी किन बेचिँदैन अन्तर्राष्ट्रिय बजारमा ? यी र यस्ता प्रश्नहरूको जवाफ सही र सकारात्मक पाएमा र समाधानमा लागेमा पक्कै पनि नेपालमा समृद्धि अवश्य आउनेछ ।

नेपालबाट पठाइने हजारौं युवाले गरेको श्रम र मेहनतबाट उत्पादित उत्पादन प्रयोग गरेर हामी आफूलाई भाग्यमानी ठान्छौं । तर हामी यो सोच्दैनौं कि बेरोजगार लाखौं युवाले स्वदेशमा पनि श्रम गरेर उत्पादन गर्न सक्थे । स्वदेशमा दोहोरो फाइदा कसरी लिने भन्नेबारे कसले सोच्ने ? बाहिरबाट ल्याएका टलक्क टल्काइएका वस्तुलाई गुणस्तरयुक्त भन्दै नेपालमा उत्पादित वस्तुको प्रयोग नगरेकै कारण नेपालको व्यवसाय खस्किन पुगेको हो । यसको जिम्मा कसले लिन सक्छ ? हेटौंडा कपडा उद्योग किन बन्द हुन पुग्यो ? धेरै सङ्ख्यामा चिनी र अन्य कारखाना र साना तथा घरेलु उद्योग किन लाइन लागेझैं बन्द हुन पुगे ? विगत दश वर्षयता नेपाली बजारमा विदेशी शक्तिको हस्तक्षेप किन यसरी ह्वात्तै बढ्न पुग्यो ? माथिका सबै प्रश्नहरू विश्वव्यापारीकरणले उब्जाएका हुन् ।  

आयातमुखी नभई निर्यातमुखी अर्थात् दोहोरो अर्थतन्त्र नेपालको लागि अपरिहार्य छ । तर नेपालको परनिर्भरताको बानी हट्न केही समय अझै हट्न सकेको छैन । परनिर्भरताकै कारणले गर्दा आज नेपालको वैदेशिक ॠणको सीमारेखा पार गरिसकेको छ ।

नेपाल जलस्रोतको खानी हो । जलविद्युतको उत्पादनको लागि प्रचुर सम्भावना छ । तर नेपालमा किन भारतबाट विद्युत आयात गरिन्छ ? नेपालमा उत्पादन गरेर विद्युत निर्यात गर्नु पर्दैन ? हो, यस अर्थमा आयातमुखी नेपाल बनेको छ । प्रशस्त खनिज पदार्थका खानीहरू छन् । तेल खानीहरू छन् तर पनि किन आयात हुन्छ ? यहाँको जनशक्तिकै सदुपयोग गरेर आयात गर्ने चिज निर्यात गर्न नसकिएको अवस्था छ ।

हिजो गुन्यू चोली लगाउने महिला दिदीबहिनीहरू आज ग्रन्च पाइन्ट लाउन थालेका छन् । तिघ्रा देखाएका छन्, यसले नेपाली बजारलाई कमजोर पारेको छ । हामीले हाम्रो संस्कारलाई विदेशी बजारमा पुर्‍याउन किन सकेका छैनौं ? अब हामीले पनि विश्वव्यापारीकरणको माध्यमबाट नेपालको दौरा सुरुवाल र गुन्यू-चोलीलाई विदेशी बजारमा बेच्नुपर्छ । मुलुकलाई समृद्ध बनाउनुपर्छ ।

तर एकोहोरो प्रणाली भनेझैं खाडीमा बेरोजगार युवा निर्यात गर्नुबाहेक उल्लेखनीय ढङ्गले अरू केही निर्यात गर्न सकेको स्थिति छैन । देश रेमिट्यान्समुखी र वैदेशिक ॠणमुखी बनेको परिस्थिति सिर्जना भएको छ । नेपाल आयातमुखीमै सीमित बनेको छ । त्यसैले बदलिँदो विश्वको सूचना र प्रविधिको प्रयोग गरेर नेपाललाई निर्यातमा अब्बल बनाउन जरुरी छ ।

(लेखक तन्नेरी चासो सुर्खेतमा आबद्व छन् ।)

 

salt training

कमेन्ट गर्नुहोस्