१७ असार २०८३, बुधबार

प्रमाण नष्ट गर्न बालिकाको शव जलाइयो

फागुन ८, २०७५
प्रमाण नष्ट गर्न बालिकाको शव जलाइयो

जनकपुरधाम–बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका हम्ली डन भन्ने नीरज जर्घा मगरलाई धनुषा प्रहरीले सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार पत्रकार सम्मेलन गरी अभियुक्त मगरलाई सार्वजनिक गरेको हो । उनलाई प्रहरीले धनुषाकै विदेह नगरपालिका–२ दुहबीबाट सोमबार पक्राउ गरेको थियो ।

बटेश्वर गाउँपालिका–४ बैगाली टोल बस्ने हम्ली डन भनिने २२ वर्षीय मगरले २ फागुनमा मिथिला नगरपालिका–३ बस्ने देवनारायण रसाइलीकी ११ वर्षीया छोरी दुतियालाई बलात्कारपछि हत्या गरेको प्रहरीको भनाइ छ । मगरले दुतियालाई ललाइफकाई घरबाट दुई सय मिटर पर रहेको पोखरीको उत्तरको उखुको खेतमा लगेर बलात्कारपछि हत्या गरेका थिए ।  हत्यापछि दुतियाको शव लुकाउन र फिंगर प्रिन्टलगायतका प्रमाण नष्ट गर्ने उद्देश्यले शवमाथि उखुको सुकेको पात, कपडा र चप्पल राखेर लाइटरले आगो लगाएको आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्