२६ असार २०८३, शुक्रबार

सरकारले सञ्चालन गरेका आयोजनाका ९ सय ६ ठेक्कामध्ये ६ सय २३ वटा लथालिंग अवस्थामा

फागुन ८, २०७५
सरकारले सञ्चालन गरेका आयोजनाका ९ सय ६ ठेक्कामध्ये ६ सय २३ वटा लथालिंग अवस्थामा

काठमाडौँ — सरकारले सञ्चालन गरेका आयोजनाका ९ सय ६ ठेक्कामध्ये ६ सय २३ वटा लथालिंग अवस्थामा रहेका छन् । यी ठेक्का २० अर्ब ७६ करोडका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अध्ययनबाट यति धेरै आयोजनाका विकास निर्माण अलपत्र भएको खुल्न आएको हो । 

अख्तियारले रुग्ण अवस्थामा रहेका ठेक्काबारे विवरण सार्वजनिक गरेपछि सडक विभागले चासो देखाएको छ । विभागका सूचना अधिकारी एवं सहायक प्रवक्ता अर्जुन सुवालका अनुसार सुपरिटेन्डेन्ट इन्जिनियर राजेन्द्र शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्