
काठमाडौं - महिला तथा बालबालिकाविरुद्ध मानव अधिकार उल्लंघन र दुर्व्यवहारका घटना धेरै हुने गरेको पाइएको छ। गत वर्ष देशभरि १ सय २० महिलाको हत्या परिवारबाटै भएको तथ्य अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तकमा उल्लेख छ।
गत वर्ष मानव अधिकार उल्लंघनसम्बन्धी घटनामा ५ हजार १ सय १० जना पीडित भएका छन्। ती घटनामा पीडित महिला र बालबालिकाको संख्या धेरै रहेको पनि पुस्तकले औंल्याएको छ। मंगलबार सार्वजनिक इन्सेकको वर्ष पुस्तकमा महिला अधिकार उल्लंघनसम्बन्धी २ हजार ८ सय २४ र बाल अधिकारसम्बन्धी १ हजार २ सय ४८ घटना भएको उल्लेख छ।
पुस्तकका अनुसार गत वर्ष १ हजार ६ सय ३२ घरेलु हिंसाका घटना भएको र ३ सय २६ महिला बहुविवाहबाट पीडित भएका छन्। आजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।