१७ असार २०८३, बुधबार

६ मन्त्रालयका सचिवको सरुवा, को कहाँ ?

फागुन ८, २०७५
६ मन्त्रालयका सचिवको सरुवा, को कहाँ ?

काठमाडौं –सरकारले विभिन्न मन्त्रालयमा रहेका ६ जना सचिवको सरुवा गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दीपेन्द्रनाथ शर्मालाई खानेपानी मन्त्रालयमा सरुवा  गरेको छ ।

खानेपानीका गजेन्द्रकुमार ठाकुरलाई नेपाल ट्रस्टमा सरुवा गरिएको छ । यसैगरी, युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ भने पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी, रक्षा मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । यसैगरी, सूर्य गौतमलाई सचिवमा बढुवा गरी महालेखा नियन्त्रक कार्यालयमा पदस्थापन गरिएको छ । राजधानी दैनिकमा यो खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्