२५ असार २०८३, बिहीबार

डीपीएल क्रिकेट : अत्तरियाले काठमाडौंलाई दियो १११ रनको लक्ष्य

डीपीएल क्रिकेट : अत्तरियाले काठमाडौंलाई दियो १११ रनको लक्ष्य

धनगढी- तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)अन्तर्गतको बुधवारको खेलमा सीवाईसी अत्तरियाले काठमाडौं गोल्डेन्सलाई १११ रनको लक्ष्य दिएको छ ।

बुधवार फाप्ला क्रिकेट मैदानमा भएको खेलमा अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११० रन बनाएको हो  ।

पहिले ब्याटिङ गरेको अत्तरियाका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाउँदा सन्नी पटेलले २८ रनको योगदान दिए । त्यस्तै ओपनर शुभेन्दु पाण्डेले १६ तथा जयकिशन कोल्सावालाले १३ रन जोडे ।

बलिङतर्फ काठमाडौंका एएम दबास र सूर्य तामाङले समान दुई/दुई तथा योगेन्द्रसिंह कार्की र रशिद खानले एक/एक विकेट लिए ।

काठमाडौंले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्