
रुकुम-जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका– ११ का वडाध्यक्ष जयकुमार बुढामगरले सोही वडा निवासी ४१ वर्षीया जयपुरा बुढामगरमाथि कुटपिट गरेका छन् ।
निर्माणाधीन महिला भवनलाई पक्की बनाउने विषयमा विवाद हुँदा वडाध्यक्षले जयपुरालाई कुटपिट गरेको बताइएको छ । वडाध्यक्षले आफूमाथि मोटरसाइकलको हेल्मेट प्रहार गरेको र ढुङ्गा भएको ठाउँमा धकेलीदिएको पीडित जयपुराले बताइन्। कुटपिटले शरीरको विभिन्न ठाउँमा चोटपटक लागेको छ ।
अहिले उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकाे बताइएकाे छ ।