२८ जेठ २०८३, बिहीबार

उद्घाटनमै बित्छ सङ्घीय मन्त्रीहरुको दिन

फागुन ९, २०७५
उद्घाटनमै बित्छ सङ्घीय मन्त्रीहरुको दिन

काठमाडौँ । नीति निर्माणमा जुटनुपर्ने मन्त्रीहरुको दिन दैनिक उदघाटन, सभा र समारोहमै बित्ने गरेको छ । उनीहरू यस्ता औपचारिक कार्यक्रममा रमाउँदा जनताले सेवा पाउनुपर्ने मन्त्रालयका कामहरू नै प्रभावित हुने गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते बनेको वर्तमान सरकारले एक पूरा गरिसकेको छ । तर एक बर्षमा सरकारले नागरिकका न्यूनतम आवश्यकताहरू पूरा गर्न नसकेको भन्दै आलोचनाहरू भइरहेका छन् । यस्तै बेला मन्त्रीहरु हेलिकोप्टर चार्टर गरेर विद्यालय भवन र स्वास्थ्य चौकी उदघाटनमै रमाउदै आएका छन् । अधिकाशं मन्त्रीहरु कार्यालय समयमा मन्त्रालयमा भेटिदैनन् । मन्त्रीहरु बिहानदेखि बेलुकासम्म नै महोत्सवको उदघाटन, सभा समारोहमा बढी समय बिताउ छन् ।

२२ जना मन्त्री र तीन जना राज्यमन्त्री गरी यो सरकार २५ सदस्यीय छ । स्थानीय र प्रदेश सरकार गठन भएर सञ्चालनमा आइसकेको अवस्था छ तर तर बिडम्बना स्थानीय र प्रादेशिक तहका कार्यक्रममा समेत संघीय सरकारका मन्त्रीहरु दैनिकजसो हेलिकोप्टर चार्टर गरेर पुग्ने गरेका छन् । नेपाल समाचारपत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्