३१ जेठ २०८३, आइतबार

५७ लाख नागरिक नागरिकताविहीन

५७ लाख नागरिक नागरिकताविहीन

काठमाडौं– नागरिकता लिन योग्य ५७ लाख नागरिक नागरिकताविहीन भएको पाइएको छ । २०६८ सालको जनगणनाअनुसार एक करोड ४० लाख ३० हजार २७१ जनाले नागरिकता लिएका थिए । यस्तै, गृह मन्त्रालयको तथ्यांकअनुसार २०६९ मा एक करोड ४२ लाख ५० हजार ३०७, २०७० मा एक करोड ५३ लाख ७६ हजार ७३७ जनाले नागरिकता लिएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

२०७१ मा एक करोड ५८ लाख १९ हजार ६५७ जनाले नागरिकता लिएका थिए भने सो अवधिसम्म नागरिकता नपाउनेको संख्या ४६ लाख ७७ हजार ५३ जना रहेको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ । तर, यो संख्या अहिले बढेर ५७ लाख पुगेको विभिन्न अध्ययनले देखाएको छ, समाचार राजधानी दैनिकमा छ । सरोकारवाला निकायले विभिन्न अध्ययनको आधारमा गरेको प्रक्षेपणअनुसार आर्थिक वर्ष २०७५ सम्म आइपुग्दा मुलुकमा नागरिकता पाउनयोग्य भएर पनि नागरिकता नपाउनेको संख्या ५७ लाख पुगेको हो ।

नागरिकता नपाउँदा उनीहरू सरकारले दिने सुविधाबाट वञ्चित भइरहेका छन् । गृह मन्त्रालयका अनुसार नागरिकता नपाउनेहरूमा बुबाआमाको पहिचान नभएका, मौसमी कामदारलगायत प्रकृतिका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्