३१ जेठ २०८३, आइतबार

लाइसेन्स नभएकाबाट बढी दुर्घटना

लाइसेन्स नभएकाबाट बढी दुर्घटना

बाग्लुङ- दुर्घटनामा चारको मृत्यु र दर्जनभन्दा बढी यात्रु घाइते भएको घटनापछि मात्रै उक्त जिपका चालकको चालक अनुमतिपत्र (लाइसेन्स) नभएको खुलासा भयो । गत मंगलबार बेलुकी जैमिनी ८ को छिस्तीमा ध१ज ७९१ नम्बरको जिप दुर्घटना भएको थियो । 

उक्त जिपका चालक प्रवीन पुन १७ वर्षका मात्रै थिए । गाडी चलाउन सिके पनि उनीसँग सवारीचालक अनुमतिपत्र छैन । सदरमुकामदेखि जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, र बलेवा क्षेत्रमा जाने अधिकांश पिकअप जिप दैनिक ५ सय जरिवाना तिरेर गाउँ जान्छन् । अधिकांश गाडी चालक किशोर रहेको र उमेर नपुगेकै कारण लाइसेन्स नपाएकाहरु रहेको कान्तिपुरमा खबर छ । उमेर पुगेका सँग पनि लाइसेन्स छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्