२२ जेठ २०८३, शुक्रबार

बंगलादेश : रासायनिक गोदाममा आगलागी, ६० जनाको मृत्यु

बंगलादेश : रासायनिक गोदाममा आगलागी, ६० जनाको मृत्यु

काठमाडौं-  बंगलादेशको राजधानी ढाकास्थित एक रासायनिक गोदाम भएको पुरानो भवनमा आगलागी हुँदा ६० जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार थुप्रै घाइते भएका छन् । घाइतेमध्ये केही गम्भीर रूपमा जलेका छन्।

अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले बीबीसीलाई बताए अनुसार राति १० बजपछि आगो लागेको हो । त्यहाँबाट १२ जनाको शव निकालिएको छ । मृतकको सङ्ख्या बढ्न सक्छ ।

राजधानीको पुरानो शहरी इलाकाको चोकबजारको एउटा भवनबाट आगो सुरू भएको थियो। उक्त भवनमा रासायनिक पदार्थको गोदाम पनि थियो । हेर्दा हेर्दै आगो अर्को भवनमा पनि फैलियो । आगो नियन्त्रणमा लिन ३७ वटा दमकल त्यहाँ पुगेका थिए । आगो करिब नियन्त्रणमा आएको बताइएको छ ।

खानले भने, ‘केहीले सिलिन्डर विस्फोट हुँदा आगो लागेको बताएका छन्। तर अनुसन्धानपछि मात्र सत्य थाहा हुनेछ । त्यहाँ प्लास्टिक र रासायनिक पदार्थ भएकाले आगो तीव्र रूपमा फैलिएको हो ।’ उनले साँघुरो बाटो र पानीको अभावमा आगो नियन्त्रणमा अप्ठ्यारो परेको पनि बताए । 

त्यहाँ अझै धेरै रहेको हुनसक्ने जनाइएको छ । उनीहरूको खोजी भइरहेको छ । कति मानिस थिए भन्ने अझै एकिन नभएको र उद्धार जारी रहेको अधिकारीहरुले जनाएका छन् ।  ढाका प्रहरी प्रमुखमा अनुसार ढाका मेडिकल कलेजमा ४५ भन्दा बढी घाइतेको उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्