२५ जेठ २०८३, सोमबार

प्रहरी हवल्दारको जागिर छाडेर तस्करीमा, गाँजा र ब्राउन सुगरसहित ३ जना पक्राउ

फागुन ९, २०७५
प्रहरी हवल्दारको जागिर छाडेर तस्करीमा, गाँजा र ब्राउन सुगरसहित ३ जना पक्राउ

काठमाडौं – महानगरीय प्रहरी परिसर टेकु र स्वयम्भु वृत्तको संयुक्त टोलीले बुधवार साँझ काठमाडौंबाट गाँजा र ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–५ का ७१ वर्षीय ईन्द्रबहादुर पुतुवार, नागार्जुन नगरपालिका–५ की ४० वर्षीय साईली पुतुवार र नेपालगञ्ज–७ राजापुरका ३६ वर्षीय कैलाश थारु छन् ।

अभियुक्तबाट प्रहरीले ४.५ किलो गाँजा र १० पोका अन्दाजी १० ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होविन्द्र बोगटीले बताए ।

अभियुक्त कैलाश थारु नेपाल प्रहरीका पूर्वहवल्दार हुन्, उनले ६ महिना अगाडि प्रहरीको जागिर छाडेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्