१३ असार २०८३, शनिबार

सिन्डिकेट अन्त्य गर्न यातायात प्राधिकरण, बस चढेको भुक्तानी कार्डबाट

सिन्डिकेट अन्त्य गर्न यातायात प्राधिकरण, बस चढेको भुक्तानी कार्डबाट

काठमाडौं – सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकार (सिन्डिकेट) अन्त्य गर्न यातायात प्राधिकरण ऐन विधेयक तर्जुमा गर्ने निर्णय गरेको छ ।

३ गते शुक्रवार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले यातायात प्राधिकरण ऐन विधेयक तर्जुमा गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्राललाई स्वीकृति दिइएको जानकारी दिए ।

‘सिन्डिकेट सिन्डिकेट को कुरा आउँछ नि ! सिन्डिकेट तोड्ले उद्देश्यले यातायात प्राधिकरण गठन गर्ने तयारी हो । कार्डबाट भुक्तानी मिलाउने तयारीसहित प्राधिकरण गठन गर्न लागिएको हो,’ मन्त्री बास्कोटाले भने ।

यातायातलाई अझ व्यवस्थित गर्न यातायात प्राधिकरणको अवधारणा ल्याइएको छ । प्राधिकरण बनेपछि सार्वजनिक यातायात सञ्चालनको जिम्मेवारी दिइनेछ । यातायात समितिमार्फत सञ्चालन भइरहेका सवारीलाई कम्पनीमा लैजान केही कानूनी व्यवस्थाले अवरोध खडा गरेकाले संशोधन गर्ने प्रक्रिया अघि बढाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्