१२ असार २०८३, शुक्रबार

बिरुवा वितरणमा अनियमितता

बिरुवा वितरणमा अनियमितता

हुम्ला- सिमकोट गाउँपालिकाले गत माघ २९ गतेदेखि निःशुल्क रुपमा शुरू गरेको स्याउ र ओखरका बिरुवा वितरण कार्यमा अनियमितता भएको छ । गाउँपालिकाले निवेदनका आधारमा स्याउ र ओखर वितरणको प्रावधान राखेपनि त्यसो नभएको कृषकले गुनासो गरेका हुन् ।

जिल्लामा स्याउ ओखर लगाउने याम शुरु भएसँगै सिमकोट गाउँपालिकाका किसानलाई स्याउ र ओखरका बिरुवा वितरण गरेता पनि चिनजान र भनसुनका आधारमा मात्र वितरण गरिएको वडा नं ४ का हिस्सी लामाले बताए । वडा नं २ का दलित समुदायका कृषकले पनि आफूहरूले पाँच ओटा स्याउको लागि पालिका धाउँदा निवेदनका आधारमा दिनुपर्छ अरूलाई होइन भन्दै फिर्ता गरेको बताए ।

सिमकोट गाउँपालिका बागवानीअन्तर्गत वडा १ देखि ८ सम्मका कृषकलाई स्याउका १० हजार र ओखरका दुई हजार ४० ओटा बिरुवा वितरण गरिएको छ । सिमकोट गाउँपालिकाले आफ्ना पालिकाभित्र पर्ने १७ हजार हेक्टर क्षेत्रफलका लागि स्याउ, ओखर वितरण गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्