काठमाडौं– राजधानीको वानेश्वर इलाकाका सुकुम्बासी बस्तीमा व्यापक मात्रामा अवैध मदिरा उत्पादन हुने गरेको पाइएको छ ।
प्रहरीको कर्डन एण्ड सर्च अप्रेसनका क्रममा सो रहस्य फेला परेको हो ।
महानगरीय प्रहरी वृत्त वानेश्वरको टोलीले आज शान्तिनगर, सुकुम्बासी बस्ति, बुद्धनगर, पुरानो बानेश्वहर, थापागाँउ र नरेफाँटमा सर्च गर्दा तयारी घरेलु मदिरा २००० हजार लिटर, घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ ८००० केजी र सो मदिरा बनाउन प्रयोग हुने १०० थान भाडाकुँडा बरामद गरेको जनाइएको छ ।
बरामद गरिएका उक्त मदिरा आजै स्थानीय जनप्रतिनिधी, संचारकर्मी ,स्थानिय नागरिक समाजका प्रतिनिधीहरु समेतको रोहबरमा मुचुल्का गरी यस वृत्त अगाडी पुल निर्माण भईरहेको खाल्डोमा पोखाई नष्ट गरिएको जनाइएको छ ।