
काठमाडौं– भारतबाट ल्याइएका इलेक्ट्रिक बसलाई चीनबाट ल्याएको प्रमाणित गर्न नमान्दा सचिव कृष्ण प्रसाद देवकोटाले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट सरुवामा परेको दाबी गरेका छन् ।
गतवर्ष मन्त्रालयमा सरुवा भएर आएका देवकोटालाई अहिले युवा तथा खेलकूद मन्त्रालयमा पठाइएको छ ।
मन्त्रालयमा बुधबार बिदाई कार्यक्रममा देवकोटाले इलेक्ट्रिक बसको दवाव नमान्दा आफू सरुवामा परेको मन्त्री रवीन्द्र अधिकारी कै सामुन्ने बताएका हुन् ।
तर कसले दबाब दिएको भन्नेबारे उनले नखुलाएको खबर कान्तिपुर दैनिकले छापेको छ । सरकारले २ करोडमा खरिद गरेका बीवाइडी इलेक्ट्रिक बसलाई चीनबाट आयात गरिएको प्रमाणि त नगरिदिएका कारण आफू सरुवामा परेको उनको भनाइ थियो ।