०२ असार २०८३, मंगलबार

एक जना राजदूतका लागि वार्षिक दुई करोड लगानी, तर नतिजा शून्य

फागुन १०, २०७५
एक जना राजदूतका लागि वार्षिक दुई करोड लगानी, तर नतिजा शून्य

काठमाडौं–एउटा राजदूतका लागि सरकारले वार्षिक दुई करोडभन्दा बढी लगानी गर्छ । राज्यको ठुलो लगानी हुने व्यक्ति निष्क्रय बनिदिँदा अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको पहिचानमै समस्या हुन्छ । पछिल्लो समय राजदूतलाई सक्रिय बनाउन परराष्ट्र मन्त्रालयले प्रयास थालेको छ । उनीहरुलाई देश हितमा क्रियाशील बनाउन परराष्ट्रले उनीहरुको मूल्यांकन प्रणाली अपनाएको छ । राजदूतलाई चौमासिक मूल्यांकन थालिएको छ । यसमा कमजोर ठहरिएका राजदूतलाई सीधै फिर्ता बोलाइनेछ ।
मुलुकअनुरुप कार्यादेशसहित जिम्मेवारमा गएका राजदूतको पदलाई आराम गर्न र केही रकम बचाएर मुलुक फर्कने प्रवृत्ति  रोक्न परराष्ट्रले खबरदारी पनि गर्न थालेको छ । योगदानका आधारमा पुरस्कृत भएको र मस्तीका लागि पठाइएको रुपमा नलियोस् भन्नकै लागि परराष्ट्रले राजदूतको मूल्यांकन प्रक्रिया अपनाएको हो ।
प्रधानमन्त्री कार्यलयले परराष्ट्रलाई संयन्त्र खडा गरी राजदूतको निष्पक्ष मूल्यांकन गर्न निर्देशन दिएको छ । परराष्ट्रले दुई वर्षदेखि नै यस्तो अभ्यास थाले पनि चुस्त थिएन् । अन्नपूर्णमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्