०१ असार २०८३, सोमबार

‘एडल्ट साइट’ खोल्न सरकारी इमेलको प्रयोग !

फागुन १०, २०७५
‘एडल्ट साइट’ खोल्न सरकारी इमेलको प्रयोग !

काठमाडौं–इमेल व्यवस्थापनसम्बन्धी निर्देशिका २०७५ भन्छ, सरकारी इमेलमा निजी कारोबार गर्न पाइन्न । तर भइरहेको छ ठ्याक्कै उल्टो ।

 साइबर सुरक्षामा काम गेर्न एक कम्पनीले गरेको अध्यनअनुसार एडल्ट र पोर्न वेबसाइटमा खाता खोल्न सरकारी इमेल प्रयोग भएको भेटिएको छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद (नार्क), आन्तरिक राजस्व विभाग, सशस्त्र प्रहरी बल, नेपाल टेलिकमका संस्थागत इमेल प्रयोग गरी एडल्ट र डेटिङ साइटमा प्रोफाइल तयार पारेको भेटिएको हो । 

सूचना प्रविधि सुरक्षामा कार्यरत कम्पनी ‘थ्रेटनिक्स’ले गरेको अध्ययनबाट सरकारी इमेलबाटै एडल्ट साइटमा प्रोफाइल बनाएको तथ्य फेला पारेको हो । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्